लगातार चौथो उपाधितर्फ नीलकण्ठ, धादिङको राष्ट्रपति रनिङ शिल्डको फाइनल आज

Avatar photo
Dhadingpost
बैशाख ९, २०८३

धादिङ । धादिङबेसीस्थित खुल्लामञ्च टुडिखेलमा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको फाइनल आज हुँदैछ । प्रतियोगिताको अन्तिम दिनसम्म आइपुग्दा नीलकण्ठ नगरपालिका १६ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम रहेको छ ।

हालसम्मको पदक तालिका अनुसार रुवीभ्याली गाउँपालिका ९ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ । यद्यपि अब एथलेटिक्सतर्फका ७ विधा, साथै भलिबल र कबड्डीका फाइनल खेलहरू बाँकी रहे पनि समग्र स्वर्ण पदकको अग्रता हेर्दा नीलकण्ठलाई उछिन्न अन्य टोलीलाई कठिन देखिएको छ ।

बाँकी खेलहरू नीलकण्ठको पक्षमा नरहे पनि उसले अहिलेसम्म बनाएको अग्रता सुरक्षित रहने आकलन गरिएको छ । यससँगै १२औं संस्करणदेखि लगातार रनिङ शिल्ड जित्दै आएको नीलकण्ठ नगरपालिका यस वर्षको १५औं संस्करणको उपाधि पनि आफ्नो पक्षमा पार्ने लगभग निश्चित देखिएको छ ।

प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह आज नै सम्पन्न हुने आयोजकले जनाएको छ ।

विगत पाँच संस्करणको नतिजा