धादिङमा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
बैशाख ७, २०८३

धादिङ । धादिङबेसीस्थित खुल्लामञ्च टुडिखेलमा धादिङ जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहबाट छनोट भएका खेलाडीहरूले आकर्षक मार्च पास प्रस्तुत गरेका थिए ।

जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेश मान तुलाधरका अनुसार पाँच विधा समावेश गरिएको यस प्रतियोगितामा ९३ जना खेलाडीले स्वर्ण पदक जित्नेछन् ।

प्रतियोगिता बैशाख ९ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरू आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् ।

विगत पाँच संस्करणको नतिजा

गत वर्ष सम्पन्न धादिङको  औं औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २२ स्वर्ण, ६ रजत र १० कास्य पदक सहित नीलकण्ठ नगरपालिकाले जितेको थियो । थाक्रे गाउँपालिका दोस्रो र रुवी भ्याली  तेस्रो भएको थियो । गत वर्ष पालिका स्तरीय छनोट गरेपनि बेनीघाट रोराङ गाउँपालिका भने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाएको थिएन ।