बागमतीको राष्ट्रपति रनिङ शिल्डमा धादिङलाई २ स्वर्ण सहित २० पदक

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २०, २०८२

धादिङ । दोलखाको चरिकोटमा सम्पन्न बागमती प्रदेशको १५ औं राष्ट्रपति रनिङ शिल्डमा धादिङले २ स्वर्ण सहित २० पदक जितेको छ । स्वर्ण पदकका लागि धादिङको छात्रा कबड्डी टिमले काठमाडौलाई ४९–२३ को अंक स्कोरमा पराजित गरेको थियो । अर्को स्वर्ण ज्यावलिङ्ग थ्रोमा सिर्जना श्रेष्ठले जितेकी हुन् ।

धादिङ छात्र कबड्डी टिम पनि फाईनलमा भक्तपुर ५ अंक स्कोरमा पराजित हुँदा उपविजेता भएको थियो । भने धादिङको छात्र भलिबल टिम तृतीय भए सँगै धादिङले २ गोल्ड सहित २० पदक जित्न सफल भएको छ ।

स्वर्ण विजेता धादिङको छात्रा कबड्डी टिमः धना राहाडी मगर, रेजिना तामाङ, कविता तामाङ, विलशा श्रेष्ठ, बिनु राई, सर्मीला तामाङ, एन्जला चेपाङ, कोपिला तामाङ, अम्बिका मगराती ।
रजत विजेता धादिङको छात्र कबड्डी टिमः जिवन श्रेष्ठ, राहुल ठाकुर, रुपक शाक्य, रविन श्रेष्ठ, सुलभ खतिवडा, सुनिल भुजेल, पिटर रोक्का, अर्जुन तामाङ, हिमाल गुरुङ
कास्य पदक विजेता धादिङको छात्र भलिबल टिमः आशिस सुनार, फर्वुलामा तामाङ, कान्छा तामाङ, डेविट तामाङ, मिलन गुरुङ, दिपेश सुनार, सुनिल श्रेष्ठ, सन्तोस बयलकोटी, सुसान थापा मगर ।

धादिङको पदक तालिका
स्वर्ण पदक -२
सिर्जना श्रेष्ठ, ज्यावलिङ्ग थ्रो
छात्रा कबड्डी
रजत पदक -६
छात्र कबड्डी
सिर्जना श्रेष्ठ, सर्टपुट
सुजन रावल, दौडमा
मनबहादुर दर्लामी, ज्यावलिङ्ग थ्रो
कविता गुरुङ, तेक्वान्दो
दिपकराज गुरुङ, कराँते
कास्य पदक -१२
छात्र भलिबल
शर्मिला तामाङ, दौड
पुवास बराल, त्रिपलजम्प
प्रजिना तामाङ, त्रिपलजम्प
कविता गुरुङ, तेक्वान्दो
रितिक भुजेल, तेक्वान्दो
आशिष गुरुङ, तेक्वान्दो
सुमिना बिश्वकर्मा, तेक्वान्दो
सम्राट थापा, उसुमा
सृष्टि कार्की, उसु
दिलिप भुजेल, उसु
प्रकृति तामाङ, कराँतेमा

हामीले आशा गरे अनुरुप पदक ल्याउन नसकेपनि धादिङले गत वर्षको तुलनमा पदक संख्य बृद्धि गरेकोमा आफु सन्तुष्ट रहेको जिल्ला अध्यक्ष प्रतापसिंह तामाङले बताए । धादिङ, कबड्डीमा प्रदेश कै उत्कृष्ट हुनु चानचुन हैन तेक्वान्दो, कराँते, भलिबल, दौड लगायतका विधाहरुमा स्वर्णको संख्या थपहुने आशा गरेको थिएँ खेलाडीहरुले पनि मेहनत गरेकै तर सोचेअनुरुप रिजल्ट नआएपनि जति जितिएको छ यो जिल्लाको बेस्ट/ब्रेक नतिजा भएको उनले बताए ।

गत वर्ष धादिङले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २ स्वर्ण सहित १४ पदक थियाे । गत वर्षको तुलनामा धादिङले यस पटक पदक संख्या बढाएको छ ।