
धादिङ । धादिङ जिल्लामा सल्यानटारमा मात्रै दराई समुदायहरु रहेका छन् । यो समुदायमा एउटा छुट्टै मौलिक पहिचान छ ‘घाटु नाच’ ।
घाटु एक शास्त्रीय नाच हो ।, लोक संस्कृतिमा आधारित एउटा गीती-नाटक हो । ‘घाटु नाच’ हरेक वर्ष सल्यानटारका दराई समुदायका मानिसहरुले आमा खुवाउने औशिदेखि पूर्णिमा सम्म मनाइने गर्दछ । नाटु नाचमा ३ जना कन्या केटी नचाइन्छ ।
यो नाच अलग अलग ठाँउमा अलग अलग तरिकाको हुने खिल दराईले धादिङपोष्टलाई बताए । हाम्रो गाउँ अर्गौतामा आज दिनको ४ बजे सुरु भई रातभर घाँटु नाच देखाउने तयारीमा छौं भने अन्य टोलहरुमा आ यो समे भन्दा अगाडी पनि घाँटु नाच देखाउने कार्यक्रमहरु रहेको आफूले जानकारी पाएको उनले बताए । फाईल तस्वीर