नीलकण्ठ स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट, क्याड धादिङले जित्यो

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २५, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले गत वर्ष जस्तै मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै नीलकण्ठ नगरपालिका गठनको वार्षिक उत्सव मनाएको छ । आज सम्पन्न नीलकण्ठ नगरपालिकाका कर्मचारी र क्रिकेट संघ (क्याड) धादिङको मैत्रिपूर्ण टी २० क्रिकेट प्रतियोगिता क्याड धादिङले जितेको छ ।

बैशाख २३ गते हुने भनिएको खेल टस भएर पनि वर्षाले रोकिएर आजव सम्पन्न भएको थियो । टस जितेर ब्याटिङ रोजेको क्याड धादिङले १५२ रनको टारगेट पछ्याएको नगरपालिका टिम ८५ रनमा अल आउट भएको थियो । गत वर्ष क्याड धादिङलाई नगरपालिका टिमले पाजित गरेको थियो ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ साल वैशाख २५ गतेको निर्णय अनुसार नीलकण्ठ नगरपालिका गठन भएको थियो उक्त दिनलाई नीलकण्ठले स्थापना दिवस मनाउँदै आएको छ ।

स्थाथपना दिवसको अवसरमा नीलकण्ठले महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता, क्रिकेट संघ, धादिङ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, जनप्रतिनिधि र कर्मचारी बीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र जनप्रतिनिधि र कर्मचारी बीच बुद्धिचाल प्रतियोगिता गरेको थियो ।