धादिङ समाज जापानको अध्यक्षमा बिमल श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १०, २०८१

धादिङ । धदिङ समाज जापानको छैटौं अधिबेसनबाट अध्यक्ष पदमा धादिङ सिद्धलेक गाउँपालिका १ का बिमल श्रेष्ठ चयन भएका छन् ।

मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न उक्त अधिबेशनले बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा प्रल्हाद अधिकारी, ईश्वरी अर्याल, मंगल बहादुर सुनार र विशाल भन्डारी, महासचिवमा सुशान्त बानियाँलाई चयन गरेको छ ।

नव गठित नयाँ कार्यसमितिको सदस्यहरुमा गणेश बहादुर अघिकारी, अजय न्यौपाने, समुद्र सडौला, देबिका पण्डित, रंजिता अर्याल, निरज पण्डित, प्रदिप जंग शाह, नबिन राना मगर, दिनेश विश्वकर्मा, सन्तोष श्रेष्ठ, भिनसेन कुवँर, सुनिल जमरकट्टेल, बद्री पौडेल, उपेन्द्र पण्डित र राजेश पण्डित नयन भएका छन् ।

निवर्तमान अध्यक्ष श्यामहरि तिम्सिनाको सभापतित्व भएको उक्त अधिबेशनमा जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो भने,धादिङ समाज जापानका सल्लाहकारहरु तथा जापानका विभिन्न संघ/संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।