
धादिङ । रोजगारीका लागि साउदीमा रहेका समाजसेवी एवम् नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबियाका सचिव हरिभक्त मगरातीले धादिङको ज्वालामुखी७ स्थित सालबास माध्यमिक विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थीलाई नि:शुल्क बस सेवाको व्यवस्था गरि दिएका छन् ।
यी दुई विद्यालयको परिक्षा केन्द्र ज्वालामुखी ६ सुनखानी माध्यमिक विद्यालय परेको छ । परिक्षा केन्द्र सम्म आउन र जान विद्यार्थीहरुलाई सहज होस् भनेर आफुले नि:शुल्क बस सेवा दिएको मगरातीले धादिङपोष्टलाई बताए । सालबास माविबाट ३१ जना र भुवनेश्वरी माविबाट १९ जना गरि ५० यस वर्ष एसईईमा सहभागी छन् ।
ज्वालामुखी ७ निवासी मगराती कै पहलमा गत कार्तिकमा पारिवारिक आर्थिक अवस्था कमजोर कक्षा १० मा अध्ययनरत रोशनी नेपालीलाई ४३ हजार ७५० रुपैंया सहयोग प्राप्त भएको भुवनेश्वरीको शिक्षक सानु नेपालीले बताए ।