
धादिङ । बागमती प्रदेश सरकार शिक्षक तालिम केन्द्र धुलिखेलबाट धादिङका सात पालिकाका ७ जनाले १५ दिने खेलकुद तालिम लिएर फर्किएका छन् ।
पालिकाको विद्यालय स्तरीय खेलकुदलाई सुदृढ गर्न शिक्षक तालिम केन्द्रले फागुन २० गते देखि आयोजना गरेको उक्त तालिममा धादिङबाट नेत्रावती डवजोङ, खनियाबास, रुवी भ्याली, गंगाजमुना, धुनीबेसी, गल्छी र गजुरीबाट १-१ जना सहभागि थिए ।
धादिङबाट तालिम लिएर फर्कनेहरु
१. बच्चुराम थापामगर, नेत्रावती डवजोङ
२. जगतनारायण श्रेष्ठ, खनियाबास
३. टासीलामा तामाङ, रुवी भ्याली
४. रितिक अधिकारी, गंगाजमुना
५.विनोद लामिछाने, धुनिबेसी
६. शरण सापकोटा, गल्छी
७. रामचद्र श्रेष्ठ, गजुरी
तालिममा एथलेटिक (दौड, हाईजम्प, लङगम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपुट), भलिबल, खो–खो, कबड्डी र योग सम्बन्धी विधाहरु सिकाईएको बच्चुराम थापाले धादिङपोष्टलाई बताए ।