पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ५, २०८१

काठमाडौं । नेपालमै पहिलो पटक इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरु बीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपालको कुनैपनि युनिभर्सटीबाट सिभिल तथा आर्किटेक्ट अध्ययन गरिरहेका विद्यार्थीले भाग लिन पाउने छन् ।

एलिसन हस्पिटालिटी प्रालिले बैशाख १५ गते देखी १७ गते सम्म काठमाडौंमा आयोजना गर्ने यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई १ लाख, द्वितीयलाई ५० हजार, तृतीयलाई २५ हजार र सहभागीसबै टिमलाई १०–१० हजार रहेको छ ।

प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थीहरुले कन्सेप्ट पेपर पेस गर्नु पर्नेछ । उत्कृष्ट १० वटा कन्सेप्ट पेपर छनौट गरी प्रतिस्पर्धामा सहभागी गराईने आयोजक एलिसन हस्पिटालिटीका अध्यक्ष एलिना मगरले बताए । सहभागीले निःशुल्क प्रवेश गरी प्रतियोगितामा सामेल हुन पाउने छन् ।