‘अल्लारे’ सार्वजनिक

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २८, २०८१

काठमाडौं । अल्लारे जोवनको बेला आउने उथलपुथल, चुलबुलपन अनि यो बेला मनले संगाल्ने विभिन्न भावहरु समेटेर लेखिएको गीत ‘अल्लारे’ भर्खरै सार्वजनिक भएको छ ।

बरिष्ठ गीतकार बि.बि. थापा लखनको यस गीतमा बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने गीतको एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका छन् ।

उक्त गीतको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन् । गीतको भिडियोमा बीना राउतले अल्लारे जोवन छल्कने गरि अभिनय गरेकी छिन् । राजिव करनको कोरियोग्राफी रहेको भिडियोको निर्देशन रोशन पुरीले गरेका छन् ।