माओवादी केन्द्र धादिङद्वारा धादिङ उद्योग वाणिज्य संघको नयाँ कार्य समितिलाई सम्मान

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १६, २०८१

धादिङ । माओवादी केन्द्र धादिङले धादिङ उद्योग वाणिज्य संघको एघारौं अधिवेशनबाट निर्वाचित कार्य समितिलाई सम्मान गरेको छ ।

सम्मान कार्यक्रमका बागमती प्रदेशको इन्चार्ज हितमान शाक्य सह इन्चार्ज शालिकराम जम्कट्टेल लगायत नेताहरुको सहभागिता रहेको थियो ।

 पौष २६ र २७ गते सम्पन्न अधिबेशनबाट अध्यक्षमा रामकुमार डल्लाकोटी, वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी र सदस्यहरु निर्वाचित भएका थिए । अधिवेशन सकिएको एक साता पछि अध्यक्ष डल्लाकोटीले पधाधिकारी मनोनित गरेका थिए ।