
धादिङ । धादिङ उद्योग वाणिज्य संघको नया कार्यसमीती पहिलो बैठकमा अध्यक्ष रामकुमार डल्लाकोटीले चार उपाध्यक्ष, महासचिव, कोसाध्यक्ष र सचिव मनोनित गरेका छन् ।
विधानमा अधिवेशबाट निवर्तमान वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्ष र सदस्यका लागि निर्वाचित हुने प्रवधान अनुसार गत पौष २६ र २७ गते सम्पन्न अधिबेशनबाट अध्यक्षमा रामकुमार डल्लाकोटी, वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी र सदस्यहरु निर्वाचित भएका थिए ।
आज बसेको नयाँ कार्यसमितिको बैठकमा अध्यक्षले विधान अनुसार निर्वाचित सदस्यहरु मध्यबाट पदाधिकारीमा मनोनय गरेका हुन् । मनोनित हुनेमा उद्योग उपाध्यक्षमा गोविन्द भण्डारी, वाणिज्य उपाध्यक्षमा रमेश ढकाल, वस्तुगत उपाध्यक्षमा विष्णुमणि श्रेष्ठ, महिला उपाध्यक्षमा रेखा पण्डित, महासचिवमा तिलक सिंखडा, कोषाध्यक्षमा तिलक प्रसाद ढुङ्गाना, सचिवमा रमेश विश्वकर्मा तुलसीजंग थापा र राजकुमार श्रेष्ठ (आरके) रहेका छन् ।