धुनिबेसीको राष्ट्रपति रनिङ शल्डि माघ २७ देखि हुने

Avatar photo
नारायण सिलवाल
बुधबार, माघ २३, २०८१

धादिङ । धादिङको धुनिबेसी नगपालिकाले पालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २७ देखि २९ गते सम्म आयोजना गर्ने भएको छ । धुनिबेसी ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला विजेता पालिका हो । १० औं मा धुनिबेसी ९ स्वर्ण, ४ रजत र ६ कास्य सहित दोस्रो भएको थियो ।

सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत बैशाख १२ गते सम्म १८ वर्ष ननाघेका विद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिन पाउँने छन् ।

धुनिबेसीको गत साल सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुवनेश्वरी माध्यमिक विद्यालयले १४ स्वर्ण १० रजत र १० कास्य सहित उपाधी जित्दा ७ स्वर्ण ८ रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय दोस्रो भएको थियो ।

यस्तै २०७९ मा भएको धुनिबेसीको १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि भुवनेश्वरी माध्यमिक विद्यालयले १७ स्वर्ण ७ रजत र १ कास्य सहित जितेको थियो भने ६ स्वर्ण ७ रजत ४ कास्य सहित गुड स्टार्ट अँग्रेजी माध्यमिक विद्यालय दोस्रो भएको थियो ।