धुनिबेसीको रनिङ शिल्ड भुवनेश्वरीले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १, २०७९

धादिङ । धादिङको धुनिबेसी नगरपालिका स्तीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ स्वर्ण ७ रजत र १ कास्य सहित भुवनेश्वरी माविले जितेको छ । यस्तै ६ स्वर्ण ७ रजत ४ कास्य सहित गुड स्टार्ट अँग्रेजी माध्यमिक विद्यालय द्धितीय, ६ स्वर्ण ५ रजत २ कास्य सहित महेन्द्रोदय माध्यमिक विद्यालय तृतीय भए ।

निश्चल घले र सरला गजुरेल उत्कृष्ट खेलाडी
छात्रतर्फ गुडस्टार्ट अँग्रेजी माध्यमिक विद्यालयका निश्चल घले ३ स्वर्ण, १ रजत र छात्रातर्फ भुवनेश्वरी माध्यमिक विद्यालयका सरला गजुरेल ३ स्वर्ण सहित उत्कृष्ट खेलाडी बनेका बनेका हन् । दुबैले रिलेदौडमा पदक जितेका हुन् ।

११ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जित्न सफल धुनिबेसी नगरपालिका अब हुने १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि जित्ने तयारीका साथ पालिका स्तरीय खेल भएको दिपेन्द्र रेग्मीले बताए ।

१० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनीघाटलाई जित्न सकिएन, ११ औं मा जित्यौं र अब हुने १२ औं का लागि पनि अधिकांश खेलबाट छानिएका विद्यार्थी खेलाडीहरुलाई हेर्ने हो भने गत साल जितेर ल्याएको रनिङ शिल्ड आफैले राख्न सक्छौ कि भन्ने आशा छ, खेल शिक्षक समेत रहेका रेग्मीले बताए ।