धुनीबेसीको राष्ट्रपति रनिङ शिल्ड भुवनेश्वरीले जित्यो

Avatar photo
Dhadingpost
आइतवार, पुस १, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भुवनेश्वरी माध्यमिक विद्यालयले जितेको छ । भुवनेश्वरीले १४ स्वर्ण १० रजत र १० कास्य सहित उपाधी जितेको हो ।

प्रतियोगितामा ७ स्वर्ण ८ रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय प्रतियोगितामा द्वितिय, ६ स्वर्ण ५ रजत ४ कास्य सहित महादेवस्थान माध्यमिक विद्यालय तृृतिय भएका छन् ।

धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको सभापतित्वमा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवम् धादिङका संघीय सांसद राजन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।