धुनीबेसीलाई कराँतेमा ८ स्वर्ण र ऋषिलको ३ पदक

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७८

धादिङ बैशाख ११ । धादिङको धुनीबेसी नगरपालिकाले जिल्ला खेलकुद विकास समिति धादिङले आयोजना गरेको दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्यो ।

धुनीबेसी नगरपालिकाले ९ स्वर्ण, ४ रजत र ६ कास्य सहित द्वितिय स्थान प्राप्त गर्न, विना प्रतिस्पर्धा कराँतेबाट ८ स्वर्ण र, गुड स्टार्ट ब्रोडिङ्ग स्कुलका ऋषिल रेग्मीले १ स्वण सहित ३ पदक जितेका थिए । रेग्मीले ट्रीपल जम्पमा स्वर्ण, लङ्जम्पमा रजत र २०० मि दौडका कास्य पदक हात पारेका थिए ।

धुनीबेसीको लागि पदक

करांते तर्फ ८ स्वर्ण
त्रिपल जम्प: छात्र प्रथम, छात्रा द्दितिय
लङ्ग जम्प: छात्र दोस्रो
कबड्डी: छात्र दोस्रो
२०० मि दौड: छात्र तृतीय
१५०० मि दौड: छात्र द्दितिय, छात्रा दोस्रो
१००*४ रिले दौड: छात्र तृतीय, छात्रा तृतीय
हाइ जम्प: छात्र दोस्रो
४०० मि दौड: छात्र तृतीय, छात्रा तृतीय


ऋषिल रेग्मी :
ट्रीपल जम्प प्रथम
लङ्जम्प दोस्रो
२०० मि दौड तृतीय

शुक्रबार सम्पन्न दशौं राष्ट्रपति शिल्ड प्रतियोगितामा धादिङका १३ वटा स्थानीय तह मध्य ५ वटा पालिकाले मात्रै सहभागिता जनाएका थिए । थाक्रे र त्रिपुरासुन्दरी गाउँपालिकाले स्थानीय पालिका स्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता गरि खेलाडी छनौंटगरे पनि जिल्ला स्तरी प्रतियोगितामा सहभागि भएनन् भने अन्य पालिकाले खेलाडी छनौंट प्रतियोगिता नै गरेनन् ।

विद्यालय स्तरबाटै राम्रा खेलाडी उत्पादन गर्ने राष्ट्रिय खेलकुद परिषदको यो प्रतियोगितामा ८ वटा पालिकाले सहभागिता नजनाउँदा राम्रा र खेलकुदमा राम्रो रुची भएका खेलाडीहरु छनौंट प्रक्रियाबाटै बन्चित बन्न पुगेका छन् ।

राखेपले स्थानीय तहलाई प्रतियोगिता गर्न पैसा पठाई सकेको र त्यो पैसा अन्य शिर्षकमा खर्च गर्न पनि मिल्दैन तर पनि धादिङका नीलकण्ठ नगरपालिका सहित ८ वटा पलिकाले प्रतियोगिता भाग नलिनु दुखद पक्ष भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिङ तामाङ बताउनु हुन्छ ।