
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) द्वारा सञ्चालित एसईई प्रि-बोर्ड परीक्षा आजदेखि सुरु भएको छ ।
प्याब्सन धादिङ अन्तर्गतका सदस्य विद्यालयहरूले एसईई २०८१ को लागि तयारी परीक्षा स्वरूप माघ १५ सम्म एसईई प्रि(बोर्ड परीक्षा सञ्चालन गर्ने छ। प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुबाट ३१९ जनाले यस पटक एसईई दिने छन् ।
धादिङ जिल्लामा आइतबारबाट सञ्चालन भएको उक्त परीक्षामा जिल्लाभरिमा सातवटा परीक्षा केन्द्रहरू रहेको जिल्ला परीक्षा संयोजक तथा एड्भान्स एकेडेमी धादिङबेँसीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले जानकारी दिए ।
प्याब्सनले आफ्नो माताहतका निजी तथा आवासीय माध्यमिक विद्यालयहरूमा हरेक वर्ष एसईई प्रि(बोर्ड सञ्चालन गर्दै आइरहेको छ ।
यसवर्षको एसईई परीक्षा भने आगामी चैत्र ७ गतेबाट सञ्चालन गर्ने गरी एनईबीले केही दिन अघिमात्र परीक्षा तालिका सार्वजनिक गरेको छ ।