
धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ कुन्डले खेल मैदानमा संचालन भएकाे जनयुद्धका सहिद गणेश तामाङ (द्वन्दु) प्रथम वडा स्तरिय फुटबल प्रतियोगिता सदाबहार युवा क्लब धार्नाले जितेकाे छ ।

पुस २५ गते देखि सुरुभएको उक्त प्रतियोगिताकाे फाईनलमा आज हिमालयन युवा क्लबलाई ३-० काे गाेल अन्तरले पराजित गर्दै धार्नाले उपाधि हात पारेकाे हाे । प्रतियाेगितामा अहिङ्साबादी युवा क्लब तृतीय र कुरि युवा समाज सान्त्वना भएका छन् ।
सुजन तामाङका अनुसार गाउँपालिकाका प्रमुख रण बहादुर तामाङकाे प्रमुख आथित्यता र उप प्रमुख सेक्केमान तमाङकाे विशेष आथित्यतामा भएकाे समापन कार्यक्रममा विजयी टिमलाई क्रमशः प्रथमलाई ५० हजार, द्धितीयलाई २५ हजार र सान्तोनालाई १५ हजार प्रदान गरिएको छ ।
प्रतियाेगिताकाे आयाेजना सहिद गणेश तामाङ (द्वन्दु) स्मृति प्रष्ठिान खनियाबासले गरेकाे हाे ।