धादिङका द्वन्दु र सागर आजैका दिन यसरी सहिद बने

Avatar photo
Dhadingpost
मङ्लबार, असार २२, २०७८

युद्धको कहानीहरुले कुनैबेला जोस, जाँगर, आवेग, उमंग, उद्देलन पैद गर्दछ भने कतिपय बेला केहि डर, त्रास, निरासा, मार्मिकता ।
युद्ध साच्चै कथा र इतिहास पढेको जस्तो सजिलो र मजा हुँदैन । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्ध कुनै मजाक थिएन । यो जनताको आन्दोलन थियो मुक्ति आन्दोलन थियो ।

युद्ध साच्चै गम्भीर, घताक, निर्मम र निर्दयी नै हुने गर्छ । प्रसिद्ध सैन्य विद सुन जु ले भने जस्तै हजारौं, लाखौं कलाहरु मध्ये युद्धकला सबैभन्दा अप्ठ्यारो कला हो, त्यसैले उनले युद्ध जीवन र मृत्युको संगम हो पनि भनेका छ्न् ।

निश्चित रूपमा युद्धमा हिंसा, धन, जनको क्षेती अनिवार्य सर्त हो तर दुनियाँमा भएका ठुला-ठुला परिवर्तन, विकास, समृद्धि र शान्ति पनि युद्धबाट मात्र संम्भब भएका छ्न । त्यसैले युद्ध कला हो, विज्ञान हो र भावना पनि हो । नेपालको विभिन्न कालखण्डमा भएको विभिन्न लडाइँ, सशस्त्र क्रान्ति, आन्दोलनहरु नै वर्तमान नेपालको रुप हो ।

नेपालमा आन्तरिक विद्रोह, सशस्त्र क्रान्ति १० वर्षे जनयुद्ध सबैभन्दा उच्च रुप थियो । २०५२ बाट सुरु भएको जनयुद्ध एक समग्र युद्ध थियोे यसले सारा नेपालीलाई प्रत्यक्ष रूपमा प्रभावित बनाएको थियो ।

तारुका चौकी आक्रमण द्वन्दु र सागरको सहादत

२०५८ असार २२ गते प्रहरी सँग प्रत्यक्ष मुठभेट, लडाइँमा सहभागी हुँदै थियौं । धादिङ जिल्लाको मुख्य कमण्डर टिम, नुवाकोट जिल्ला त्रिशुली नदी पूर्व ५ जना र चितवनबाट ३ जना गरि करिब ८०-८५ जनाको जनशक्ती धादिङ, धुवाकोटको चिन्नेखर्कमा केन्द्रित भयो ।

युद्धको सम्पुर्ण अन्तिम तयारी, कोचिङ, शक्ति बिन्यास, हात हतियार परिचालन पश्चत असार २२ गतेको हाम्रो निशाना नुवाकोटको तारुका प्रहरी चौकी माथी थियोे । चिन्नेखर्कबाट २१ गते राती अन्तिम सेल्टर धुवाँकोटकै पात्लेमा २१ गते राति देखि २२ गते दिनभरको लागी क्याम्पिङ भयो ।

यसक्षेत्र हाम्रो विकसित आधार इलाका भएको हुनाले योजना नखुल्ने कुरामा ढुक्क थियो । पात्लेबाट ७ बजे तिर फाइट फर्मेसन आ–आफ्नो ग्रुप अनुसार केही अगाडि, पछाडी मुभ भएर काहुले गाउँ काट्न साथ जंगलको छेउमा बाटोमा रातिको ८ बजे अन्तिम रोलकलमा भयो र युद्धको अन्तिम निर्देशन ।

वर्षायाम भएकोले हाम्रो यात्रा संगै सिम सिम पानी परिरहेको थियो । बेलुका१०ः२० बजे फायर खोल्ने आदेश अनुसार १०ः५ मा नै एसल्टको मुख्य सबै टोलि आर्कमा पुगेर पुलिसको बंकरमा निशाना लिनपुगे । पुलिसको सेन्ट्रीहरुले कुनै चाल पाएन । ठिक १०ः२० मा १ नं. एसल्टले पहिलो फयरिङ खोल्यो र पहिलो टार्गेटमा नै सेन्ट्री बसेको एक पुलिस ढल्यो ।

रिजर्भ ग्रुपहरु २०–२५ मिटर टाढा नै रोकिएर बसेका थिए, फायर खुल्ने बितिक्कै एकैपटक अगाडि बढे । प्रहरीलाई पटक पटक हाम्रो लडाइँ र दुश्मनी तिमीहरू सँग होइन हतियार बुझाउ ज्यान बचाउ भन्ने कासन भयो तर निरन्तर प्रतिकार गरे पछि ३ नं. मुख्य एसल्टलाई माइन चढाउने आदेश मुताबिक माइन चढाउन जाँदा कमरेड राजु दाहाल (सागर) को प्रहरीको गोली लागेर सहादत भयो ।

कमरेड सागरको सहदत पछि आक्रोशित भएर हाम्रो तर्फबाट भीषण आक्रमण भयो ठूलो बिल्डिङ हुँदा पुलिसलाई नियन्त्रण गर्न गह्रो भयो पुन ३ नम्बर ग्रुपले माइन चढार विस्फोट गराए पछि लगभग लडाइँ अन्तिम भयो ।

१० जना पुलिस दाजुभाइले संसारबाट बिदा लिए । १ घन्टा भित्र फाइनल गर्ने योजना भए पनि लडाइँ २ घन्टा चल्यो । आधा टोलि सर्च र आधा टोलिले वरिपरि घेरेर ब्लकिङ गरिरहे । सर्च कार्वाही हुँदै गर्दा कृषि बैंकको तलामा लुकेर बसेका एक पुलिसले ग्रिनेट प्रहर गर्यो र पुनः त्यही ग्रिनेट टिपेर पुलिस माथि प्रहार गर्न खोज्दा कमरेड गणेश तामाङ (द्वन्दु) गम्भीर घाइते हुनु भयो, उपचारको क्रममा उहाँको पनि सहदत भयो ।

धादिङ जिल्ला दार्खा, धार्नाको गणेश तामाङ (द्वन्दु) धादिङ जिल्लाको जनता र कर्याकर्ता बीच एक स्थापित नेता, लोकप्रिय, क्षमतावान, निडर, सहासी नेता हुनु हुन्थ्यो । एमालेबाट विद्रोह गर्दै २०५४ को स्थानीय निर्वाचन पछि महान जनयुद्धमा सामेल हुँदा उहाँलाई नेता रामबहादु भण्डारीले टिका लगाए पार्टी प्रवेस गराएका थिए ।

तत्कालीन नेकपा माओवादी धादिङ जिल्ला पार्टीको ९ जनाको जिल्ला समितिको उहाँ एक सदस्य हुनु हुन्थ्यो । तामाङ राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

धादिङ, निलकण्ठ, चिसापानीको कमरेड राजु दहाल ९सागर० धादिङ छापामार स्क्वयट दलको एक योद्धा हुनुहुन्थ्यो । कमरेड सागर सँग मैले पुर्णकालिन भएदेखी नै निरन्तर सहाकार्यको अवसर मिलेको थियो । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा हुनुहुन्थ्यो, त्यसैले उहाँलाई तारुका चौकी आक्रमणको मुख्य ३ नं। एसल्ट कमरेड कोन्डुलको नेतृत्वमा रहेको सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो ।

पढेका र सुनेका युद्ध इतिहास हामी आफैं युद्धमा प्रत्यक्ष सहभागी भए, लडे, रगतको खोला संग परिचीत भए,कायौ पटक मृत्युको मुखैमा पुगेर पनि पुन जिवनमा फर्किए, बम, बन्दुक, गोलि, घाइते हुनु, मर्नु र मार्नु पनि सामान्य थियो त्यो बेला आज १८ बर्ष पुगेछ । हाम्रो त्यो इतिहास आज सुन्ने र पढ्नेहरुको लागी कथा जस्तै भएको छ ।

ती दिनहरु सम्झना आउँदा आजको केही मानिसहरू बोलवाला, पवारदार भएर सत्तासिन हुँदै देशको उर्जाशिल युब शक्तिलाई बिदेशीको गुलम बनाएर नेपाली जनता माथि पुन पुरानै प्रतिक्रियावादी शैलीमा शासनको झल्कोले फेरि म जनायुद्धको समिक्षा गरिरहेको छु ।

लेखकः जितेन्द्र तामाङ, पुर्वजनमुक्तिसेना नेपाल