अन्तराष्ट्रिय प्रतियोगितामा रुवी भ्यालीका कराते खेलाडीको उत्कृष्ट प्रदर्शन

Avatar photo
Dhadingpost
सोमवार, पुस २९, २०८१

धादिङ । भारतमा भएको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै रुवी भ्याली गाउँपालिकाका कराँते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रुवी भ्याली गाउँपालिकाको समन्वयमा दोङदेन मावि, च्याम्रादेवी मावि र लापा माविबाट १२ खेलाडी र ३ प्रशिक्षक सहित १५ जनाको टिम उक्त प्रतियोगितामा सहभागि हुँदा ८ स्वर्ण, १ रजत र २ कास्य पदक जित्दै रुवी भ्याली टिमले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो ।

विजेता खेलाडीको सूची
प्रनिल घले ३० केजी तौल गोल्ड
विवेक तामाङ ४५ केजी गोल्ड
जोसिला तामाङ ४० केजी गोल्ड
कृस माया तामाङ ४० केजी गोल्ड
डिलरुपा तामाङ ५० केजी गोल्ड
म्यारि तामाङ काटा डेमो तर्फ गोल्ड
अनिस्का तामाङ ३० केजी कास्य र काटा डेमोमा तर्फ गोल्ड
प्रकति तामाङ ३५ केजी गोल्ड
प्रशान्त तामाङ ५० केजी कास्य
विशाल तामाङले ५० केजी तर्फ रजत

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको उत्कृष्ट प्रदर्शन पछि पालिका अध्यक्ष रामसिंह तामाङले प्रशंसा गर्दै आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
सपनाहरु हकिकतमा बदल्दैछन् । भारतमा भएको कराँते खेल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन सहित नेपालको सुन्दर गाउँ पालिका रुबी भ्यालीको इज्जत अन्तराष्ट्रिय जगतमा फैलाउन महत्वपूर्ण भूमिका खेलने खेलाडी तथा प्रशिक्षक टिमलाई बधाई छ ।

यस अघिपनि रुवी भ्याली गाउँपालिकाबाट अन्ताष्ट्रिय पतियोगिताहरुमा कराते खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरुले पालिकाले एक समारोहकाबीच गत असारमा सम्मान गरेको थियो । नगद सहित सम्मानित हुनेमा बङ्गलादेशमा भएको खुल्ला अन्ताष्ट्रिय कराते च्याम्पियनसिपमा विजयी भएका रुवी भ्याली गाउँपालिकाका कराँते प्रशिक्षक समेत रहेका सन्देश घलेलाई नगद ३५ हजार, सोही प्रतियोगितामा कास्य पदक विजेता रोशन घलेलाई १५ हजार, १५ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा दोस्रो डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता ११ वर्षिय रेगन तामाङलाई ३५ हजार सहित सम्मान गरिएको थियो ।

यस्तै भारतमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सविना तामाङलाई ३५ हजार र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वण पदक विजेता सन्जु घले लापा, बसन्त तामाङ लापा, मनुरानी घले सेर्तुङलाई जनही १५/१५ हजारले सम्मान सम्मान गरेको थियो ।

रुवी भ्याली गाउँपालिकाले पालिकाका चार वटै माध्यामिक विद्यालयहरुमा ब्ल्याक बेल्ट लाईसेन्स भएका प्रशिक्षक नियुक्त गरि विगत दुई वर्ष देखि कराते सिकाउँदै आएको छ ।