दशौं मानबहादुर कपको लागि टिम दर्ता भोली सम्म

Avatar photo
Dhadingpost
सोमवार, पुस २२, २०८१

धादिङ । पुष २५ गतेदेखि माघ २ गतेसम्म नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा हुने दशौं मान बहादुर मेमोरियल 7 “A” साइड खुल्ला नकआउट फुटबल कप का लागि टिम दर्ता गर्ने समय भोली (पौस २३ गते) सम्म मात्रै रहेको विद्यार्थी उपकार संघले जनाएको छ ।

खेलको अन्तिम तयारीमा छौं । यस प्रतियोगिताको पुरस्कार राशी विजेतालाई १ लाख ३१ हजार, उपविजेतालाई ६० हजार, सेमिफाईनलमा पुग्ने दुई टिमलाई २०-२० हजार रहेको प्रेम तामाङले जानकारी दिए ।

यस प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् । गत वर्ष  नवौं संस्करणमा १ लाख ३० हजार पनि उनले प्रथम पुरस्कारका लागि सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।

नवौं कप चिसापानीले जितेको थियो भने आठौं दाङसिङ नुवाकोटलेले जितेको थियो । जनआवाज युवा क्लव माने धुवाँकोटलाई हराउँदै छैटौं मानबहादुर कप फुटबल नुवाकोटको नवस्टारले जितेको थियो ।

नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ ।