फूलखर्क कल्याणकारी समाजको अध्यक्षमा भीष्मराज नेपाल चयन

Avatar photo
Dhadingpost
आइतवार, पुस २१, २०८१

धादिङ । फूलखर्क कल्याणकारी समाजको एघारौं साधारणसभा तथा छैटौं अधिबेशनबाट अध्यक्षमा भीष्मराज नेपाल (राजेन्द्र) चयन भएका छन् ।

१५ सदस्यीय नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा भीमकुमार अधिकारी, महिला उपाध्यक्षमा कोपिला सेन (अधिकारी), उपाध्यक्षमा अमर सिम्खडा, सचिवमा अप्सरा अधिकारी (बस्नेत) र कोषाध्यक्षमा रामगोपाल अधिकारी चयन भएका छन् ।

राम शरण अधिकारीकाे सभापतित्वमा भएको उक्त अधिवेशनमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । यो संस्थाले फुलखर्कमा सामाजिक काम गर्दै आईरहेको छ ।

एक महिना अघि मात्रै यो समाजले ६ लाख ४ हजार ८३ संकलन गरी गाजमुना गाउँपालिका ५ फूलखर्क (किन्ताङ) निवासी तारा अधिकारीको उपचारका लागि सहयोग गरेको थियो ।