धादिङ । आगोले पोलेर क्रीतिपुर अस्पतालमा उपचाररत धादिङ गंगाजमुना गाउँपालिका ५ फूलखर्क (किन्ताङ) निवासी तारा अधिकारीको उपचारका लागि फूलखर्क कल्याणकारी समाजको पहलमा संकलन गरिएको ६ लाख ४ हजार ८३ रुपैयाँ हस्तान्तरण गरिएको छ ।
शनिबार अस्पतालमै पुगेर हामी फूलखर्क कल्याणकारी समाजमा आवद्ध साथीहरुले संकलित उक्त रकम विरामीलाई हस्तान्तरण गरेका हौं । संजिव अधिकारीले धादिङपोष्टलाई बताए ।