धादिङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्य मन्त्री शालिकराम जम्कट्टेलले अहिलेको केपी ओली नेतृत्वको सरकार भ्रष्टचारीहरुको सरकार भएको बताएका छन् ।
यो मैले मात्रै भनेको हैन, स्वयम् केपी ओलीले नै प्रचण्ड नेतृत्वको सरकारले कांग्रेस-एमालेका नेताहरुलाई भ्रष्टचाको आरोपमा जेल हाल्ने तयारी गरेकाले यो (कांग्रेस-एमाले) को गठबन्धन बनेको बताएका हुन् । हो तसर्थ पनि यो सरकार भ्रष्टचारी जोगाउन बनेको सरकार भएको जम्कट्टेलले धादिङबेसीमा भएको अखिल नेपाल ट्रेड युनियन महासंघको पाँचौं सम्मेलनलाई सम्बोधन गर्दै बताएका हुन् ।
अहिलेको सरकारले कांग्रेस एमालेका भ्रष्टचारीलाई जोगाउने बाहेक हरु केहि गर्दैन । कांग्रेस एमालेको यहि रवैयाले ०८४ को चुनाव माओवादीका लागि ०६४ को नतिजा बन्ने समेत उनले दावी गरे ।
कार्यकर्ताहरुलाई झिना मसिना मतभेदमा नअल्मलिन र बहकाउमा नलाग्न निर्देशन गर्दै टोल देखि नै क्रियाशिल हुँदै पार्टी निर्माणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।