धादिङ । धादिङको गल्छी गाउँपालिका निवासी उमेश विडारी धादिङको पहिलो फिफा रेफ्री बनेका छन् । यसअघि उनी एन्फाको ए लेभलका राष्ट्रिय रेफ्री थिए ।
धादिङ जिल्ला फुटबल रेफ्रि संघको अध्यक्ष समेत रहेका बिडारीले फिफा लाईसेन्स प्राप्त गरे सँगै विश्वभर फुटबल प्रतियोगितामा रेफ्री गर्न पाउने भएका छन् ।
फिफाले सन् २०२५ का लागि उमेशसहित नेपालबाट प्रज्वल क्षेत्री, श्यामलाल दनुवार, नविन्द्र महर्जन, अन्जना राई, प्रकाश भुजेल, मेरिना धिमाल, हरिश कार्की, माधव खत्री, शहदेव श्रेष्ठ र नानी थापा गरी १२ जनालाई रेफ्रीको मान्यता दिएको छ ।