धादिङ फुटबल रेफ्रि संघकाे अध्यक्षमा उमेश विडारी चयन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ६, २०८०

धादिङ । धादिङ जिल्ला फुटबल रेफ्रि संघकाे अध्यक्षमा उमेश बिडारी चयन भएका छन् । गल्छी गाउँपालिका निवासी उनी ए लेभलका राष्ट्रिय रेफ्रि हुन् ।

साेमबार साँझ सम्पन्न जिल्ला भेलाले बिडारीकाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे । जसकाे उपाध्यक्षमा ज्ञानेन्द्र आले मगर, महा-सचिवमा दिपक तामाङ, कोषाध्यक्षमा गणेश तामाङ र
सदस्यहरुमा बिकाश मगर, सबिन मगर, सुरज गुरुङ छन् ।

भेलामा रेफ्रि संघ धादिङलाई धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष राजन भण्डारीले ५०००, उपाध्यक्ष सुरेश तामाङले २०००, धादिङ जिल्ला फुटबल संघका सदस्य दिनेश आचार्यले ७ जोर ट्रयाकसूट धादिङ जिल्ला फुटबल संघका जिल्ला कोच रबि भण्डारीले ७ थान टिसट सहयाेग गरेका थिए ।