धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्रबाराही मावि कटुञ्जेमा जारी छ ।
२० वटा स्वर्ण पदकका खेलहरु सकिदा ६ स्वर्ण सहित कुन्डलादेवि मावि अहिले सम्म अग्र स्थानमा छ भने अब १२ वटा स्वर्ण पदकका लागि खेलहरु बाँकी रहेको खेल प्रशिक्षक बच्चु राम थापामगरले धादिङपोष्टलाई बताए ।
अहिले सम्म सहिएको खेलहरुमा कुन्डला ६ स्वर्ण, निरञ्जना र मंगलादेवी ५/५ स्वर्ण, चौतारा र महेन्द्र बाराही मावि १/१ स्वर्ण पदक जितेका छन् । आज सबै खेलहरु सकेर सनेपाली कांग्रसका नि बर्तमान सभापति रमेसश धमलाको प्रमुख आतिथ्यतामा मापन कार्यक्रम राखिएको छ ।
गत वर्ष सेमजोङको चौतारा माविमा सम्पन्न नेत्रावती डवजोङको रनिङ शिल्ड प्रतियोगिता निरन्जना माविले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको थियो भने ९ स्वर्ण, ४ रजत र ५ कास्य सहित मंगलदेवी माध्याकिम विद्यालय द्वितिय भएको थियो ।