मौसम आजदेखि सुधार हुने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २०, २०८१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीनवटा वायु प्रणाली एकसाथ सक्रिय भई सुरुभएको वर्षा मंगलबारदेखि सुधार आउने भएको छ ।

महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश र देशका पहाडी भू–भागमा बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ । मंगलबार कोशी प्रदेश र मुलुकका अन्य पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष मध्यपुससम्म औसतभन्दा धेरै वर्षा हुने, तर अधिकतम र न्यूनतम दुवै तापक्रम पनि सरदरभन्दा धेरै हुने आकलन गरिसकेको छ ।