नेपाली व्यवसाय संघ नेदरल्याण्डको अध्यक्षमा धादिङका संघर्षशिल केसी चयन

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ७, २०८१

धादिङ । धादिङ जिल्ला घरभई विगत २० वर्ष देखि नेदरल्याण्ड व्यवसाय गर्दै आई रहेका सघंर्षशिल के. सी. नेदरल्याण्डको राजाधानी आम्स्टर्डाममा सम्पन्न नेपाली व्यवसाय संघ नेदरल्याण्डको तेस्रो महाधिवेशबाट अध्यक्षमा निर्वचित भएका छन् ।

सामाजिक काममा अग्र स्थानमा देखिदै आएका नव निर्वाचि केसी धादिङ गंगाजमुना गाउँपालिकाका हुन् । गैर आवासीय नेपाली संघ, नेदरल्याण्डसका उपाध्यक्ष समेत रहेका उनी नेपाली जनप्रगतिशील मञ्च नेदरल्याण्डसको अध्यक्ष समेत रहेका छन् ।

निर्वतमान अध्यक्ष अमिर देवकोटाको सभापतित्व तथा बेनेलक्सकालागि महामहिम राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त अधिवेशनबाट उपाध्यक्षमा धर्मराज कार्की र सुर्यराज गिरी, महासचिवमा सबित्री (सबु) पौडेल, कोषाध्यक्षमा राम बहादुर पौडेल र सदस्यहरुमा क्रमसस् ध्रुबराज न्यौपाने, बिनय बानिय र प्रदीप न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।

नेदरल्याण्डमा व्यवसाय गर्दै आईरहेका नेपालीहरु मध्य ९० प्रतिशत व्यवसायीहरु यस संघमा आवद्ध रहेका छन् ।