कुपा फुटबलको प्रि-क्वाटर फाईनल जारी

Avatar photo
Dhadingpost
सोमवार, अशोज २८, २०८१

धादिङ । कुपा समाज नीलकन्ठ १४, धादिङले कुपा खेल मैदानमा आयोजना गरेको चौथो “नकआउट सेभेन ए साइड फुटबल“ प्रतियोगितामा प्रि-क्वाटर फाईनलका खेलहरु जारी छन् ।

आज पहिलो चरणका २ खेल सकिए सँगै प्रि-क्वाटर फाईलनका खेलहरु सुरुभएका हुन् । आज भएको प्रि-क्वाटर फाईनल जित्दै ७ टिमहरु थर्पु युवा क्लब (थर्पु), छोइलिङ युवा क्लब (सेल्ले), मेन्दोफोल युवा क्लब (काउले), कन्यस्थान युवा क्लब (पुरानोपानी), र अमृत जलकुन्नि (बर्दिया) फाईनल प्रबेश गरेका छन् । बाँकी प्रि-क्वाटर फाईनलका खेलहरु असोज २९ गते ( भोली) हुने कुपा समाजले जनाएको छ ।

आजको प्रि क्वाटर फाईनलको नतिजा
पहिलो खेल
भगेरी युवा क्लब (गुठ)-१ गोल
थर्पु युवा क्लब (थर्पु) -२ गोल
दोस्रो खेल
छोइलिङ युवा क्लब (सेल्ले)-३ गोल
जलकन्या युवा क्लब (सोरघरे) -० गोल
तेस्रो खेल
मेन्दोफोल युवा क्लब (काउले)-३ गोल
डुप्चे युवा क्लब -१ गोल
चौंथो खेल
सक्रिय युवा क्लब (तल्लो सेल्ले)-१ गोल
कन्यस्थान युवा क्लब (पुरानोपानी) -२ गोल
पाँचौं खेल
विद्यार्थी उपकार संघ पात्ले (ए)-३ गोल
अमृत जलकुन्नि (बर्दिया)- ५ गोल

४० टिम सहभागी यस चौथो कुपा कप प्रतियोगिताको फुटबल तर्फको प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०/१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।

भोली असोज २९ गते हुने खेलहरू
८ बजे: समासेवी युवा क्लब (ए) Vs S.B.A (पात्ले) (बी)
९ बजे: जनआवाज युवा क्लब (ए) Vs नबस्टार युवा क्लब
१० बजे: समाजसेवी युवा क्लब (बी) Vs मनेघाङ डोबजोङ
क्वाटर फाईनल चरण
१२ बजे: कन्यास्थान युवा क्लब Vs जोरचौतारा युवा क्लब
१ बजे: जनआवाज युवा क्लब (बी) Vs winner A6 Vs A7
२ बजे: .बिदूर १३ Vs Winner C5 Vs C8
३ बजे: छोईलिङ युवा क्लब (ए) Vs Winner D5 Vs D8

विगतका वर्षको नतिजा