धादिङ । नेपाली कांग्रेस धादिङका महाधिबेशन प्रतिीधि एवम् नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी राधे’ले विगतका वर्षहरु जस्तै अनाथ तथा अपांग आश्रयस्थललाई खसी सहयोग गरेका छन् ।
काठमाडौंको गोकर्णस्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई दशैं मान्न विगत विगत ६ वर्ष देखि देखि खसी उपहार दिने गरेको थिएँ यसवर्ष पनि सहयोग गरेको हुँ उनले धादिङपोष्टलाई बताए । गत वर्ष ४० केजीको खसी दिएका उनले यस वर्ष ४५ केजीको खसी दिएका हुन् ।
विगतका वर्षहरुमा राधे आफै पुगेर खसी हस्तान्तरण गर्थे भने यस पटक आफू प्रत्यक्ष उस्थिति हुन नसकेपछि भाई अनमोल भण्डारी, युवा व्यवसायीहरु शिव थापा, सन्दिप राणा, निरज थापामगर, सन्तोश थापा, शिशिर गोर्खे र ईन्जिनियर सन्देश उप्रेतीलाई खससी हस्तान्तरणका लागि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्ण पठाएका थिए ।
उक्त संयुक्त अपाङ्ग एकता आवाज केन्द्र तिलबहादुर कार्कीले म आफै अपाङ्ग छु, विगत १७ वर्ष देखि मुठ्ठी दानबाट यस केन्द्रमा रहेका बालबालिकाको भरण पोषण हुँदै आएको छ,अहिले ६० जना भन्दा बढी बालबालिका छन् दशैंको बेला हरेक साल हामीलाई खसीको चिन्ता हुँदैन, यसका लागि राधाकृष्ण भण्डारी राधे’ धन्यावाद उनले भने ।