धादिङ । नेपाली कांग्रेस धादिङका महाधिवेशन प्रतिनीधि एवम् तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) विगतका वर्षहरुमा जस्तै यस वर्षको दशैंमा पनि खसी लिएर संयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्णमा रहेका बालबालिका भेट्न पुगेका छन् ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका सल्लाहकार समेत रहेका भण्डारीले यो साल ४० केजीको खसी लिएर अनाथ अपाङ्गता भएका बालबालिका भेट्न केन्द्र पुगेका हुन् । उनले यस केन्द्रमा विगत ५ वर्ष देखि दशैंमा खसी सहयोग गर्दै आएका छन् भने यस वर्षको दशैंका लागि उनले विहिबार खसी सहयोग गरेका हुन् ।
अनाथ त्यसमा पनि अपाङ्गता भएका बालबालिकालाई भेट्दै राधेले दशैं राम्रो सँग मान्न र खुसी हुन आग्रह गरेका थिए । म सँधैं तपाईहरुको साथमा छु, केहि पर्दा भन्नु होला म साथम रहने छु भन्दै बालबालिकालाई दशैंको शुभकामना दिएका थिए । उक्त संयुक्त अपाङ्ग एकता आवाज केन्द्र तिलबहादुर कार्कीले म आफै अपाङ्ग छु, विगत १६ वर्ष देहि मुठ्ठी दानबाट यस केन्द्रमा रहेका बालबालिकाको भरण पोषण हुँदै आएको छ । अहिले ५७ जना बालबालिका छन् उनले धादिङपोष्टलाई बताए ।