
धादिङ । विगतका वर्षहरुमा जस्तै कुपा समाज नीलकन्ठ १४, धादिङले कुपा खेल मैदानमा विजया दशमी तथा शुभ दिपावली पर्वको अवसरमा आजबाट सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु गर्दै छ । यो प्रतियोगितामा विभिन्न ४० टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यो चौथो कुपा कप प्रतियोगिताको फुटबल प्रथम पुरस्कार ६६ हजार ६६६, दोस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०र१० हजार रहेको छ । कुप कप फुटबलको फाईनलको दिन (कार्तिक १ गते) हुने १० किलोमिटर खुला मिनी म्याराथनको प्रथम पुरस्कार २२ हजार र उप विजेताको पुरस्कार ११ हजार रहेको छ ।
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम
४० टिम टिमले भाग लिने भएका छन् आजै दिउँसो १ बजे खेल तालिका सार्वनिक गरिने बताईएको छ, भने म्याराथनको लागि नाम दर्ता खुल्ला रहेको छ ।
सामाजिक एकता प्रष्ट अनुभूति गर्न सकिने कुपा गाउँमा हुने कुपा कप चाैंथाे संस्करणमा पनि विगतका वर्षहरूमा जस्तै उल्लेख फुटबल टिम र दाैडका खेलाडीहरु सहभागी हुने आयाेजकले अपेक्षा गरेकाे छ । पहिलाे संस्करणमा ३६ टिम, दाेस्रो संस्करणमा ४० टिम र तेस्रो संस्करणमा पनि ४० टिमले नै भाग लिएका थिए ।