
धादिङ । जिल्ला खेलकुद विकास समति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधरलाई राष्ट्रिय खेलकुद परिषदले सम्मान गरेको छ ।
तुलाधरलाई २०५४ माघमा राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दो प्रशिक्षकको नियुक्ति नियुत्ती दिएको थियो । नियुत्ती पाए लग्गतै तेक्वान्दो प्रशिक्षकका रुपमा धादिङ आएका उनलाई राखेपले २० वर्षे कार्यअवधि पुरा गरेकोमा सेवा पदकद्वारा सम्मान गरेको हो ।
धादिङ जिल्लामा तेक्वान्दो खेलको सुरुवात मोहन घलेले गरेका थिए । त्यसपछि धादिङमा तेक्वान्दो प्रशिक्षणलाई निरन्तर दिने काम बद्रीप्रसाद घिमिरे, ईन्द्रमान तुलाधार, दशरथ बुढाथोकी गरे भने हाल जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख तथा धादिङ तेक्वान्दोका मुख्य प्रशिक्षक रमेशमान तुलाधारले गर्दै आएका छन् । धादिङ जिल्लामा सरकारी प्रशिक्षकको रुपमा वि. स.२०५४ सालमा रमेशमान तुलाधर आए सँगै आधिकारिक रुपमा प्रशिक्षण सुरुभएको देखिन्छ । त्यसपछि बद्री प्रसाद घिमिरे अध्यक्ष रहेर २०७० मा धादिङ जिल्ला तेक्वान्दो संघ गठन भएको थियो ।








