कुपा कप-२०८१ का लागि सहयोग आउने क्रम जारी

Avatar photo
Dhadingpost
आइतवार, अशोज ६, २०८१

धादिङ । नीलकण्ठ १४ स्थित कुपा गाउँमा असोज २३ गते देखि कुपा युवा समाजलेविजयदशमी तथा दिपावाली २०८१ को उपलक्ष्य मा आयोजना गर्ने खुल्ला फुटबल र १० किलोमिटर मिनिम्याराथन दौड प्रतियोगिताको लागि आर्थिक सहयोग अभियान सुरुभएको छ ।

प्रतियोगिताका कुपा युवा समाज भारतले २२ हजार ७२०, समाजसेवी हाल भारतमा व्यवसाय गर्दै आएका Famous Everest Momos का संचालक सुक तामाङले २१ हजार ०२१, समाजका संरक्षक मकाउ बस्दै आएका अरुण गुरुङ २० हजार ०५० सहयोग गरेका छन् । हाल सम्म प्राप्त सहयोगको विवरण कुपा समाजले आफ्नो अफिसियल पेजबाट सार्वजनिक गर्दै आएको छ ।

प्रतियोगिताको फुटबल तर्फ प्रथम पुरस्कार ६६ हजार ६६६, दाेस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०/१० हजार रहेकाे छ भने कार्तिक १ गते हुने खुला १० किलोमिटर मिनी म्याराथनकाे प्रथम पुरस्कार २२ हजार र उप विजेताकाे पुरस्कार ११ हजार रहेकाे छ ।

कुपा कप २०८१ का लागि प्राप्त हाल सम्मको सहयोग
कुपा युवा समाज भारत रु.२२,७२०
सुक तामाङ हाल भारत रु.२१,०२१
अरुण गुरुङ हाल मकाउ रु.२०,०५०
कमल गुरुङ हाल भारत रु.११,२००
श्याम गुरुङ (टिम्डुङ) हाल भारत रु.८,०००
सन्तोश गुरुङ हाल बारा रु.८०००
कृष्ण तामाङ हाल भारत रु.८,०००
राम बहादुर गुरुङ रु.७,२८०
राम बहादुर तामाङ रु.६४००
महेश गुरुङ धुवाकोट रु.५,९९९.९९९
काजु लामा नुवाकोट रु.५,६००
चन्द्र ब. गुरुङ रु.५५५५.६६६
नमराज गुरुङ हाल भारत रु.५१००
अनिल तामाङ रु.५,६१०
सुशिल गुरुङ रु.५,५५५
राज तामाङ हाल बारा रु.५,१५१
राजेश गुरुङ हाल भारत रु.५,१२०
कान्छा वाइबा हाल बारा रु.५,१२०
भिम ब. तामाङ (देउथान) रु.५,०००.१११
शम्सेर वाइबा रु.५,०००
सन्जु लामा रु.५,०००
कमल तामाङ रु.४,४४४
बिर ब. तामाङ हाल भारत रु.४१५१
राजु गुरुङ हाल भारत रु.४,०००
प्रेम गुरुङ हाल भारत रु.२१५५.५५५
मङलसिङ गुरुङ रु.२०५०

सामाजिक एकता प्रष्ट अनुभूति गर्न सकिने कुपा गाउँमा हुने कुपा कप चाैंथाे संस्करणमा पनि विगतका वर्षहरूमा जस्तै उल्लेख फुटबल टिम र दाैडका खेलाडीहरु सहभागी हुने आयाेजकले अपेक्षा गरेकाे छ । पहिलाे संस्करणमा ३६ टिम, दाेस्रो संस्करणमा ४० टिम र तेस्रो संस्करणमा पनि ४० टिमले नै भाग लिएका थिए ।