सुशिला विश्वकर्मा दलित पत्रकार संघ धादिङको अध्यक्षमा चयन

Avatar photo
Dhadingpost
शनिबार, भदौ २९, २०८१

धादिङ । नेपाल दलित पत्रकार संघ धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा चय भएकी छिन् । ०७६ साल मंसिर २९ गते भएको पहिलो अधिवेशनमा हरि विश्वकर्मा अध्यक्ष बनेका थिए त्यसपछि अधिवेशन हुन सकिरहेको थिएन ।

शुक्रबार भएको दोस्रो अधिवेशनबाट नवगठिन कार्यसमितिको उपाध्यक्षमा रोशनी नेपाली, सचिवमा मनिसा विश्वकर्मा, कोषाध्यक्षमा रोशन वयालकोटी चयन भएका छन् ।

धादिङमा दलित पत्रकारहरुको हकहितका लागि प्रदेश र केन्द्र सँग जोडेर लैजान आफू प्रतिवद्ध रहेको अध्यक्ष सुहला विश्कर्माले धादिङपोष्टलाई बताईन् ।

दलित समुदायका पत्रकारको पेशागत हकहित प्रवद्र्धन, पेशागत सुरक्षा, क्षमता अभिवृद्धिलगायतका रचनात्मक काम गर्ने उद्देश्यले विसं २०६७ मा सङ्घको स्थापना गरिएको हो । संघले प्रदेश र जिल्ला शाखा बनाई सरकारी तथा निजी सञ्चारमाध्यम विषयवस्तु र सहभागिताका हिसाबले समावेशी हुनुपर्ने, दलित समुदायद्धारा सञ्चालित आमसञ्चारमाध्यमलाई सरकारले विशेष सहुलियत दिनुपर्ने लगायत सवाल उठाउँदै आएको छ ।