देशभर दलितको थर परिवर्तनको अभियान चलाऔं -सांसद अधिकारी

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २९, २०७६

धादिङ मंसिर २९ । नेपालभर छरिएर रहेका दलितहरुको थर परिवर्तन गरि ब्राह्मणको थर राख्न अभियान चालिनु पर्ने धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताएका छन् ।

धादिङबेसीमा आयोजित राष्ट्रिय दलित पत्रकार संघ धादिङको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद अधिकारीले ब्राहमणको थरमा परिवर्तन गरिए केहि समय पछि सम्पूर्ण दलितहरुले मुक्ति आन्दोलन संचालन गर्न नपर्ने र समुदायमा विभेद पनि नहुने दावी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद अधिकारीले थर परिवर्तन नगरिए विभेदको अत्य हुन नसक्ने भन्दै थर परिवर्तनकाको आन्दोलनको नेतृत्व गर्न दलित पत्रकारलाई आग्रह गरेका थिए ।

मदन भण्डारीको चेलो हुँ ०४३ सालमा जनयुद्धको तयारीको लागी धादिङ स्यादुलमा बैठक बसेर धादिङका कुन कुन सरकारी संरचना ध्वस्त गर्ने कुन कुन पुलमा बम पड्काउने निर्णय गरेका थियो अधिकारका कुरा हिजो देखि लड्दै आयौं अब थर परिवर्तन गरौं, डा. अधिकारीले आब्हान गरे ।

कार्यक्रमका विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नं. प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारीले समाजमा वर्ग रहुन्जेल विभेद रहने भन्दै वर्ग विहिन समाजको परिकल्पना अनुरुप दलित पत्रकारहरुको कलम चल्नु पर्ने बताएका थिए ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कानुनले दलितलाई प्रत्याभुति हुने गरि अधिकार दिएको दावी गर्दै कार्यान्वयनमा सबै लाग्नु पर्ने जोड दिएको थिए ।

अधिवेशनले पत्रकार हरि विश्वकर्मा अध्यक्ष रहने गरि ९ सदस्यीय राष्ट्रिय दलिन पत्रकार संघ धादिङ गठन गरेको छ । समितिको उपाध्यक्षमा याक्रराज मगराती, सचिव शुसिला विश्वकर्मा, कोषाध्यक्ष अनिलकुमार नेपाली, सहसचिव रोशनी नेपाली र सदस्यहरुमा कोपिला विसुन्खे, कुमार विश्वकर्मा, रञ्जना परियार, सिता विश्वकर्मा रहेका छन् ।