धादिङ । धादिङको नीलकन्ठ १४, धुवाँकोट कुपा गाउँमा चाैंथाे कुपा कप अन्तरगत सेभेन ए साइड फुटबल र १० किलोमिटर मिनी म्याराथन (दौड) प्रतियोगिता असाेज २३ देखि कार्तिक १ गते सम्म हुने भएकाे छ ।
फुटबल तर्फ प्रथम पुरस्कार ६६ हजार ६६६, दाेस्रो पुरस्कार ३३ हजार ३३३ र सेमिफाइनल पुग्ने दुई टिमलाई १०/१० हजार रहेकाे छ भने कार्तिक १ गते हुने खुला १० किलोमिटर मिनी म्याराथनकाे प्रथम पुरस्कार २२ हजार र उप विजेताकाे पुरस्कार ११ हजार रहेकाे छ ।
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम
सामाजिक एकता प्रष्ट अनुभूति गर्न सकिने कुपा गाउँमा हुने कुपा कप चाैंथाे संस्करणमा पनि विगतका वर्षहरूमा जस्तै उल्लेख फुटबल टिम र दाैडका खेलाडीहरु सहभागी हुने आयाेजकले अपेक्षा गरेकाे छ । पहिलाे संस्करणमा ३६ टिम, दाेस्रो संस्करणमा ४० टिम र तेस्रो संस्करणमा पनि ४० टिमले नै भाग लिएका थिए । फाईल तस्वीर