धादिङ । धादिङ सेवा समाज कतारका सातौं अधिवेशन कतार स्थित ग्राण्डमलमा रहेको रेडचिल्लिमा सम्पन्न भएको छ । अधिवेशनबाट नेत्रावती डवजोङ कटुञ्जेका अध्यक्षमा आयुष घले अध्यक्षमा चयन भएका छन् । २१ मार्च २०२४ मा भएको धादिङ सेवा समाज कतारको तदर्थ समिति गठनमा घले सचिव थिए ।
उक्त अधिवेशनबाट प्रथम उपाध्यक्षमा गौतम तामाङ, द्वितिय उपाध्यक्षमा उषा रिमाल, महासचिवमा रामहरि श्रेष्ठ, सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनिता तामाङ चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा गणेशकुमार श्रेष्ठ, बिनोद गोले, हरिप्रसाद ढुंगाना, गणेश अर्याल, राधिका परियार र शंखराम तामाङ चयन भए ।
सन् २००१ मा गठन गरिएको यस समाज समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन भईसकेको थियो । अधिवेशनले फेरि संस्थाको नाम धादिङ सेवा समाज कतार नै राख्ने निर्णय गरेको छ ।
रोजगरीको सिलसिलामा कतारमा २०० भन्दा बढी धादिङ्गेहरु रहेको अनुमान गरिएको छ । धादिङ्गेहरुको साझा फोरमको रुपमा हेरिएको यस संस्थाले लोकदोहोरी गायिकाद्धय अस्मिता डल्लाकोटी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष समेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरलाई सम्मान गरेको थियो । (धादिङपोष्टका लागि तस्वीर बिरेन लिम्बु)