धादिङ सेवा समाज कतारद्वारा अस्मिता डल्लाकोटीलाई सम्मान

Avatar photo
हरि नेपाली
आइतवार, बैशाख २, २०८१

दोहा । धादिङ सेवा समाज कतारले धादिङ जिल्लाकी लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीलाई सम्मान गरेको छ । तनहुँ सेवा समाज कतारले आयोजना गरेको कार्यक्रममा कलाकारको रुपमा कतार पुगेकी डल्लाकोटीलाई कतारको नज्मा स्थित ओल्ड दरबार रेष्टुरेन्टको सभाहलमा विशेष कार्यक्रम कार्यक्रमकाबीच सम्मान गरेको हो ।

धादिङ सेवा समाज कतारका संयोजक सोमनाथ कडेलको सभापतित्व सम्पन्न कार्यक्रममा प्रमुख अतिथी समेत रहेकी गायिका अस्मिता डल्लाकोटीलाई तनहुँ सेवा समाजको आयोजना गरेको कार्यक्रममा सांगितिक प्रस्तुति दिन कतार आएको अवसर पारेर धादिंङ सेवा समाज कतारले सम्मान गरेको हो ।

प्रमुख अतिथि कलाकार अस्मिता डल्लाकोटीले नेपालबाट कतार आएर आफ्नो प्रस्तुति दिन पाउँदा आफूलाई निकै गौरव लागेको बताउदै धादिङ सेवा समाज कतारले दिएको यो माया र सम्मानले जन्मभूमिप्रति अझ जिम्मेवारी थपिएको र गीत संगीतमा मिहेनत गर्न ऊर्जा मिलेको बताएकी थिईन् ।

सम्मान कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङ, एकीकृत समाजवादी पार्टीका प्रमुख सल्लाहकार गणेश ढकाल,धादिङ सेवा समाज कतारका संरक्षक कबिन्द्र कडेल, नेपाल आदिवासी जनजाति महासंघ कतार शाखाका महासचिव तथा नेपाल प्रवासी तामाङ समाज कतारका प्रमुख सल्लाहकार धीरेन तामाङ, महिला समाज कतारकी महासचिव मेनुका खतिवडा, तनहू सेवा समाज कतारका अध्यक्ष पदम गिरी लगायत विभिन्न संघ९संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कलाकार अस्मिता डल्लाकोटीको आगामी सांगीतिक यात्रामा प्रगति तथा सफलताको शुभकामना दिएका थिए ।

धादिङ सेवा समाज कतारका सह-संयोजक रोम राना मगरको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको संचालन समाजका सचिव आयुस घलेले गरेका थिए ।