काठमाडौं । यहि भाद्र ११ देखि १३ गते सम्मा एन्फा कम्प्लेक्समा भएको अखिल नेपाल फुटबल संघको सातौं कार्यसमिति बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधा सम्पन्न आधुनिक र अन्तराष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले उक्त रंगशाला निमार्णका लागि २२ लाख अमेरिकी डलर विनियोजन गर्ने र रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई माग गर्ने साथै उक्त रंगशालाको मैदान मर्मतको लागि ३ लाख अमेरिकी डलर विनियोजन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठको निर्णय अनुसार पूर्वाधार निमार्ण गर्न धादिङ, मकवानपुर, जुम्ला लगायतका कागजात पुरा गर्ने जिल्लाहरुलाई ५ लाख अमेरिकी डलर विनियोजन गरेको छ । एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार धादिङले कागपत्र पुरा गरे ५० हजार अमेरिकी डलर पाउँछ । तीन वटा (धुनीबेसी, गलौंदी र धादिङबेसी) ले माग दावी गरेका छन् । जसको कागजपत्र पुरा हुन्छ उक्त रकम उसैले पाउने उनले बताए ।