नीलकण्ठ बालमन्दिर माविद्वारा आईएसओ प्रमाणिकरणका लागि सम्झौता

Avatar photo
नारायण सिलवाल
शुक्रबार, भदौ ७, २०८१

धादिङ । धादिङको उत्कृष्ठ नमुना विद्यालयको रुपमा रहेको धादिङबेसी स्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ प्रमाणिकरणका लागि प्रक्रिया अगाडी बढाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह २१००१ को सटिर्फिकेट प्राप्तीका लागि प्रक्रिया अगाडी बढाउने नीलकण्ठ बालमन्दिर मावि सामुदायीक विद्यालय तर्फ देशभरी कै दोस्रो हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कोईरालाका अनुसार हामीले नमुना विद्यालय त बनायौं अब अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ सर्टिफिकेट किन नलिने भनेर आइएसओ कै परामर्शमा एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सि सँग आज संझौता गरिएको बताए । शिक्षा क्षेत्रमा गुणस्तरीयताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सजिलो छैन तथापी उसले तोकेको सूचाङ्क नजिकै छौं । बाँकी सुधार गर्नु पर्ने सूचाङ्कहरु पुरा गर्न संकन्सल्टेन्सी सँग सम्झौता गरिएको उनले धादिङपोष्टलाई बताए ।

विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीका अनुसार एभरेष्ट इन्टरनेशनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सिको सहयोगमा ग्याप एनलाईसीस र ब्यवस्थापन सुधार याेजना कार्यान्वयन प्रतिबद्दतापछि 3 महिना भित्र ISO ले लाेगाे प्रयाेग गर्न पाउने गरि प्रमाणपत्र दिनेछ ! एक बर्ष भित्र पूर्ण अडिट गरि प्रमाणिकरण हुनेछ । अन्तर्राष्ट्रिय निकायको अनुगमनमा रही, अन्तर्राष्ट्रिय स्तरको गुणस्तर शिक्षाका लागि यो चिन्ह लिन लागिएको उनले बताए ।

स्थानीय सरकार, शिक्षक,विद्यार्थी र अभिभावकको साझा प्रयासले मात्रै यो सम्भव छ । हामीलाई यो चिन्ह प्राप्तीका लागि आवश्यक पर्ने आर्थिकभार नगरपालिकाले व्यहोर्ने छ भने शैक्षिक सुधारका एजेण्डाहरु शिक्षक विद्यार्थी र अभिभावकहरुले पुरागर्नु पर्ने दायित्व छ । उसले दिएको सूचाङ्क पुरा गरेपछि मात्रै अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्रयोग गर्न पाईने प्रधानाध्यापक अधिकारीले बताए ।

२०३१ सालमा शिक्षासेवी, समाजसेवीहरु स्व. दण्डपाणि अधिकारी, टि. एन. गोपीकृष्ण अधिकारी, स्व. जगन्नाथ कोइराला, गोपीनाथ रिजाल, सोमनाथ ढुङ्गाना, माणिकलाल श्रेष्ठ, स्व. झंकनारायण श्रेष्ठ, विष्णुकुमार श्रेष्ठ, आदिको प्रयासबाट सुरुभएको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको संक्षिप्त इतिहासको लागि यो लिङ्कमा क्लिक गरि पढ्न सकिनेछ ।

संझौता