धादिङका दश विद्यालयका दश शिक्षक विषय विज्ञमा छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ७, २०८१

धादिङ । पाठ्यक्रम विकास केन्द्रले २०८१ /०८२ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । जसमा धादिङबाट दश विद्यालयका सात विषयका दश शिक्षक छनोट भएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले विषय विज्ञमा छानेको धादिङका विभिन्न विद्यालयहरुमा शिक्षण गरि रहेकाहरु गणित विषयका ३ जना, विषयन विषयका ३ जना, नेपाली, सामाजिक, अर्थशास्त्र र केषिमा १-१ जना रहेका छन् । गत वर्ष धादिङका सात विद्यालयका सात शिक्षक विषय विज्ञमा छानिएका थिए । जसमा पाँच जना फेरि दोहोरिएका हुन् ।

सूची
१. सरस्वती पाण्डे, नेपाली, डिल्ली सावित्री मावि
२. नवराज पाठक, गणित, अचने मावि
३. सुजन भण्डारी, गणित, आदर्श मावि
४. अनु श्रेष्ठ, गणित, महेन्द्रोदय मावि
५. सरोज अधिकारी, विज्ञान, ज्वालामुखी ५
६. जितेन्द्र महर्जन, विज्ञान, सरस्वती मावि
७. दिपेश बसौला, विज्ञान मंगलादेवि मावि
८. केशव रुपाखेती, सामाजिक मच्छिन्द्र मावि
९. राजकुमार राई, अर्थशास्त्र, नीलकण्ठ मावि
१०. शिवकुमार दास, कृषि, मण्डली मावि