धादिङबाट ७ जना शिक्षक विषय विज्ञमा छानिए

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०८०

धादिङ । पाठ्यक्रम विकास केन्द्रले २०८०/०८१ का लागि विभिन्न विषयको विज्ञ सूची सार्वजनिक गरेको छ । जसमा धादिङबाट ७ जना छनोट भएका छन् ।

केन्द्रले विज्ञ सूचीका लागि सिफारिश भएका विभिन्न विषयका शिक्षक शिक्षकहरुमा धादिङबाट यी शिक्षकहरु विषय विज्ञका रुपमा छनोट भएका हुन् ।

धादिङबाट छनोट भएकाहरु
१. नवराज पाठक
विषयः गणित
अचने मावि, त्रिपुरासुन्दरी
२. दिपेश बसौला
विषयः विज्ञान
मंगलादेवि मावि, नेत्रावती डवजोङ
३. अनु श्रेष्ठ
विषयः गणित
महेन्द्रोदय मावि, धुनीबेसी
४. सरस्वती पाण्डे
विषयः नेपाली
डिल्ली सावित्री मावि, धुनीबेसी
५. नारायण धिताल
विषयः नेपाली
मन्छिन्द्र मावि, धुनीबेसी
६. केशव प्रसाद रुपाखेती
विषयः सामाजिक
धुनीबेसी ४
७. नवराज सापकोटा
विषयः सामाजिक
शमीभञ्ज्याङ मावि, ज्वालामुखी