धादिङ । अखिल (क्रान्तिकारी) धादिङले भदौ १५ गते जिल्ला सम्मेलनको तयारी स्वरुप विद्यालय स्तरीय कमिटी गठनमा तिब्रता दिएको छ । आज एकै दिन दुई विद्यालयमा कमिटी पुनर गठन गरिएको केन्द्रिय सदस्य उपेन्द्र जम्कट्टेलले धादिङपोष्टलाई बताए ।
जमकट्टेलका अनुसार आज नीलकण्ठ नगरपालिकाको पञ्चकन्या माविमा सुबास श्रेष्ठको अध्यक्षतामा ३५ सदस्य इकाई कमिटी गठन भएको छ भने नेत्रावती डवजोङ गाउँपालिका सेमजोङ स्थित चौतारा माविमा आशिष तामाङको अध्यक्षतामा ३१ सदस्य कमिटी गठन गरिएको छ ।
जिल्लाका अधिकांश क्याम्पस/विद्यालयहरुमा कमिटीहरु सक्रिय नै छन् । कमिटी पुनर गठन र प्रतिनीधि छनोट गर्नु पर्ने विद्यालयहरुमा पुनर गठन सुरुभएको उनले बताए । भदौ १५ गते भव्य कार्यक्रमका बीच सम्मेलन सक्नेगरि तयारी भएको जम्कट्टेलले बताए । फोटो:अमृत तामाङ/प्रताप तामाङ