धादिङ । कृषि तथा पशुपन्छी विकास मन्त्री एवम् कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीलाई बधाई दिन पूर्व गृहमन्त्री बुद्धिमान तामाङ सहित राप्रपा नेताहरु कार्यकक्ष मै पुगेका थिए ।
ठाकुर शर्मा लगायत धादिङका राप्रपा नेता सहित बधाई तथा शुभकामना दिन पुगेका बुद्धिमान तामाङले महत्वपूर्ण अवसर प्राप्त गर्नु भएको छ मौकामा हो, हिरा फोड्ने यो मौकालाई गुम्न नदिन कृषि मन्त्रीलाई आग्रह गरेका थिए ।
प्रत्यक्ष जन सरोकार सँग जोडिने मन्त्रालय कृषि भएकोले पनि अनताले आभास गर्नेगरि काम गरेर देखाउन आग्रह गर्दै राप्रपा नेताहरु मन्त्री अधिकारीलाई बधाई दिएर फर्किएको मन्त्रालय स्रोतले जनाएको छ ।