धादिङ समाज अमेरिकाले पाँचौ पटक रक्तदानको आयोजना गर्दै

Avatar photo
Dhadingpost
बुधबार, साउन २३, २०८१

धादिङ । धादिङबाट अमेरिका गई बसोबास गरि रहेकाहरुको साझा संस्था हो, धादिङ नेपाली समाज अमेरिका । यो संस्थाले मेरिकामा विभिन्न कार्यक्रम गर्दै आईरहेको छ भने धादिङमा आर्थिक सहयोगका कार्यक्रहरु पनि गर्दै आइरहेको छ ।

यहि महिनाको पहिलो हप्ता “हाम्रो धादिङ, राम्रो धादिङ” भन्ने नाराका साथ वनभोज तथा बीबीक्यू कार्यक्रम सम्पन्न गरेको धादिङ नेपाली समाज अमेरिकाले सेप्टेम्बर १५ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले विगत ५ वर्ष देखि हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । अध्यक्ष टकबहादुर रुवालीले धादिङपोष्टलाई बताए ।

समाजका महासचिव राम मल्ल ठकुरीका अनुसार अमेरिकामा ३ हजारको हाराहारीमा धादिङगेहरु रहेको अनुमान गरिएको छ । तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्यत ९६ जना र साधारण सदस्यत ३९५ जना छन् ।