धादिङ समाज अमेरिकाको वनभोज सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, साउन ७, २०८१

धादिङ । “हाम्रो धादिङ, राम्रो धादिङ” भन्ने नाराका साथ धादिङ नेपाली समाज अमेरिकाले वनभोज तथा बीबीक्यू कार्यक्रम आईतबार सम्पन्न गरेको छ । समाजका सल्लाहकार एवम् विर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीका अनुसार उक्त वनभोज कार्यक्रममा ३०० भन्दा बढी धादिङ्गेहरुले सहभागीता जनाएका थिए ।

हामी जिल्लाबासी अमेरिकामा एकै परिवार हौं । सबै परिवार एकै ठाउँमा भेला हुने, अन्तरक्रिया तथा मनोरन्जनका लागि वनभोज गरिएको हो । कार्यक्रम भव्य रुपमा सम्पन्न भयो सहभागी सबैलाई धन्यावाद ज्ञापन गर्दछु अध्यक्ष टकबहादुर रुवालीले धादिङपोष्टलाई बताए ।

समाजका महासचिव राम मल्ल ठकुरीका अनुसार अमेरिकामा ३ हजारको हाराहारीमा धादिङगेहरु रहेको अनुमान गरिएको छ । तथापी धादिङ नेपाली समाज अमेरिकामा हाल आजिवन सदस्यत ९६ जना र साधारण सदस्यत ३९५ जना छन् ।