नीलकण्ठका एसिस जिल्ला टप

Avatar photo
Dhadingpost
शनिबार, साउन १९, २०८१

धादिङ । कक्षा १२ मा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार ४८.०९ प्रतिशतको नतिजा अनुत्तीर्ण (ननग्रेड) आएको छ । सबैभन्दा बढी अंग्रेजी विषयको परीक्षामा विद्यार्थीहरू ननग्रेडेड भएका छन् । कक्षा १२ का लागि ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएका थिए ।

धादिङबेसी स्थित नीलकण्ठ मावि यो पटक पनि जिल्ला प्रथम हुन सफल भएको छ । नीलकण्ठ बालमन्दिर माविका एसिस लगुन ३.८७ जिपिए ल्याउँदै जिल्ला प्रथम भएका हुन् । नीलकण्ठबाट सुनिल थापामगरले ३.८ जिपिए, सदिपिका न्यौपानेले ३.७८ जिपिए, सुजन पाठकले ३.७५ जिपिए, ममता श्रेष्ठले ३.७४ जिपिए, भूमिका शाक्यले ३.७१ जिपिए, सृष्टिज श्रेष्ठले ३.७१ जिपिए, आयुष तिमल्सिना, अनिल गुरुङ, अनु गुरुङ, क्रिपा भट्टले समान ३.७ जिपिए ल्याएका छन् । नीलकण्ठ माविबाट ५२४ जना विद्यार्थी मध्य ३७८ जना उत्तीर्ण भएका छन् । त वर्ष पनि कक्षा १२ को नतिजामा नीलकण्ठ मावि नै प्रथम भएको थियो । शर्मिला श्रेष्ठले ३.८३ जीपीए ल्याएकी थिईन ।

यस्तै थाक्रेको अर्मखु माविले सत प्रतिशद नतिजा ल्याउन सफल भएको छ । अर्मखुबाट २१ जना परिक्षामा सहभागी भएका थिए उनीहरु सबै उत्तीर्ण भए । अर्मखुबाट उत्तीर्ण मध्य सबै भन्दा धेरै ३.४० जिपिए छ ।