धादिङ । धादिङबेसी सिरानबजार स्थीत धादिङ उद्योग वाणिज्य संघको भवन अगाडी मुल सडक नै विगत ६ वर्षदेखि जोखिमपूर्ण अवस्थामा थियो । उक्त भासिएको सडक निमार्ण कार्य सुरुभएको छ । उक्त सडक आर. जी. एण्ड ग्रुप कन्ट्रक्सनले १ करोड ९ लाखमा निमार्ण कार्य सुरु गरेको हो ।
सडक बोर्डको जेष्ठ ४ गतेको वैठकले नीलकण्ठको सिरानबजार र ससाहको भासिएको सडक बनाउ बबजेट छुट्याएको थियो । जस अनुरुप सिराजबजारको काम सुरु भएको छ भने ससाहको काम यो महिना मै सुरु हुने सडक बोर्डका इञ्जिनियर अमृतकुमार यादवले धादिङपोष्टलाई बताए ।
आरजी एण्ड ग्रुप कन्ट्रक्सनका देवेन्द्र रानाले यो काम साउन भरिमा सक्ने लक्ष्य हो । जोखिम पूर्ण काम छ । कृष्णभिर क्षेत्रको पहिरो रोकथाम गर्ने स्टमेट जस्तै छ यो कामको स्टमेट पनि काम तोकिएको समय मै सक्छौं उनले भने ।
यो काम सडक बोर्डको थियो । पटक-पटक ताकेदा गर्दा-गर्दा बजेट विनियोजन भए सँगै काम सुरुभएको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले बताए । सिराजबजार र ससाह दुबै ठाउँका भासिएका सडक तत्काल बन्छ यसको निगरानी आफूले पनि गरि रहेको मेयर ढुङ्गानाले बताए ।
एक वर्ष अघि तात्कालिन मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उक्त भासिएको सडक अनुगमन गर्दै विपद् कोषको बजेटबाट भएपनि तत्काल मर्मत गरिने प्रतिवद्धता जनाएर फर्किएका थिए । तर उक्त काम हुन सकेको थिएन ।